site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आफूमाथि लागेको आरोप प्रमाणित गर्न सन्दीप लामिछानेको चुनौती
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका  छन् ।

"मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु ?," सन्दीपले लेखेका छन् ।

उनले आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको पनि बताएका छन् । आफूमाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाएको पनि उनको भनाइ छ ।

"ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन," उनले लेखेका छन् ।

के भन्छन् सन्दीप ?

धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ । अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ ।

तर, मैले कति सहनु ? म न्याय माग्दामाग्दा शिथिल भइसकेँ । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनौदा सामाजिक अभिन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।

तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैलेमात्र होइन दुनियाले बुझेको छ । म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु । त्यो अनुमान मेरा लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ । लेखिराख्नु, भगवान्‌ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि । ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ, ती तथाकथित अभियन्ताहरू, जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् ।

मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान् । तर, झुटा आरोप जब लाग्छ नि, अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्नि परीक्षामा तपाईहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ । यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ ।

धेरै खोल्न बाकीँ छ । फेरि भन्छु, यो घटना घटेको होइन, घटाइएको हो । वास्तविक अनुहार आफैँ निस्केला म चाहिँ विश्वस्त छु ।

अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध । चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, मेरा लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ । म त फसेँ, बोलेकै भरमा । अब अरू कोही नफसोस् । बिन्ती छ ।

सन्दीप लामिछाने

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro