site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी विभाजनको विषयमा जसपा नेपालले कानुनी उपचार खोज्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।

बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरूको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

“भोलि बुधबार पार्टीको बैठक बस्छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ,” प्रवक्ता सुमनले भने ।

उनका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए ।

अशोक राईको नेतृत्वमा सातजना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro