site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार, हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएका हुन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार, यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका निम्ति ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्र ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ संकलन भएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका निम्ति चौथो शिविर (साउथ कोल, ७,९५० मिटर)सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि, सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्