site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा राहत जाने प्रवेश विन्दु इजरायलको कब्जामा

जेरुसेलम । इजरायली सेनाले मंगलबार प्यालेस्टाइन तर्फको रफाह ‘क्रसिङ’ कब्जामा लिएको जनाएको छ । सो क्षेत्र इजिप्टको सीमाबाट गाजा क्षेत्रमा सहयोगका लागि जाने महत्वपूर्ण ‘इन्ट्री प्वाइन्ट’ मानिन्छ । 

एक प्यालेस्टाइन अधिकारीका अनुसार इजरायली ट्यांकद्वारा सो क्षेत्रमा नियन्त्रण गरेपछि दक्षिणी गाजाका सबै गतिविधि ठप्प भएका छन् । सो क्षेत्र मात्र इजरायलको नियन्त्रणमा नरहेको एकमात्र प्रवेश विन्दु रहेको थियो । 

हमासले गएको अक्टोबर ७ मा आक्रमण गरेपछि सो क्षेत्र मानवीय सहयोग भित्र्याउन तथा मानिसको आवतजावतका लागि महत्वपूर्ण विन्दु रहदै आएको थियो ।

सो क्षेत्रको कब्जाका कारण गाजामा मानवीय सहयोगका लागि हुने गतिविधिमा अवरोध हुन सक्ने संयुक्त राष्ट्र संघीय एजेन्सीले एक्समा भनेको छ । दातृ निकायका प्रतिनिधिहरूले गाजा क्षेत्रमा जानका लागि अब कुनै पनि सुरक्षित स्थान नरहेको जनाएका छन् । सीएनएन
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro