site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समिति कुनै हालतमा बनाउन जरुरी छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति कुनै हालतमा बनाउन नहुने अडान दोहोर्‍याएको छ ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबीचको बैठकपछि सञ्चारकर्मीसित रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले व्यक्तिकेन्द्रित गरिएको माग तर्कसंगत नभएको बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आउँदो संसद् बैठकमा आफैँ बोल्नका निम्ति समय माग गरेको भन्दै त्यसपछि संवाद गर्न आग्रह गरे । “समिति कुनै पनि हालतमा बनाउन जरुरी छैन भन्नेमा हामी छौँ,” उनले भने, “सदनमा गृहमन्त्रीले बोलेपछि चित्त बुझेन भने फेरि संवाद गरौँ भनेका छौँ । व्यक्तिकेन्द्रित भएर गरिएको माग तर्कसंगत छैन ।”

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई त्यसबारेमा स्पष्ट पार्ने मौका दिन आग्रह गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले भने संसदीय छानबिन समिति बनाउनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro