site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हाम्रा ठूला व्यापारिक साझेदार भारत र चीन : पूर्वउपाध्यक्ष विश्व पौडेल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. विश्व पौडेलले नेपालको प्रमुख व्यापारिक साझेदार भारत र चीन भएकाले त्यहीअनुसार उत्पादन बढाउनुपर्ने बताएका छन् । उनले तेस्रो मुलुकमा निर्यात गर्नुभन्दा यी दुई देशलाई केन्द्रमा राखेर उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । 

नेपाल उद्योग परिसंघ (सीएनआई)ले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा प्रमुख वक्ताको रूपमा बोलेका उनले भने, “हाम्रा ठूला व्यापारिक साझेदार भारत र चीन नै हुन् । हामीले यी देशलाई छलेर तेस्रो मुलुकमा निर्यात बढाउँछौँ भन्न सक्दैनौँ । हाम्रो देशमा कच्चा पदार्थको राम्रो सम्भावना छ । तर, त्यसलाई हामीले ब्रान्डिङ गर्न सकेनौँ ।”

कृषिबाट नेपालको अर्थतन्त्र सेवातर्फ जाँदा पनि समस्या निम्तिएको उनको भनाइ छ ।  “अर्थतन्त्र कृषिबाट सेवातर्फ जाँदा पढेलेखेकाले मात्र जागिर पाउने अवस्था आयो । पढेलेखेकाहरू धनी र खान्दानी वर्ग छन्,“ उनले भने, “उद्योग फस्टाउन रमेटेरियल आवश्यक हुन्छ । निश्चित अवधिका लागि यस्ता रमेटेरियलमा सहुलियतको व्यवस्था गर्नुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement