site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्रीलाई रास्वपाको पत्र

काठमाडौं । आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन अनुरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको छ । 

पार्टी महामन्त्री मुकुल ढकालले दिएको जानकारीअनुसार पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि सोमबार पत्राचार गरेका हुन् । 

“उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गर्नुभएको हो,” महामन्त्री ढकालले भने । 

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर, त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro