site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अलजजिरा टीभी नेटवर्कको कार्यालयमा इजरायली प्रहरीको छापा 

काठमाडौं । इजरायली प्रहरीले जेरुसेलमस्थित अलजजिरा टीभी नेटवर्कको एम्बेस्डर होटेलमा रहेको कार्यालयमा छापा मारेको छ । छापा मार्ने क्रममा अलजजिराको कार्यालयबाट केही उपकरण जफत गरिएको इजरायलका सञ्चारमन्त्रीले जनाएका छन् ।

सञ्चारमन्त्रीले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो समेत पोस्ट गरेका छन् । त्यसमा अलजजिराको कार्यालयमा इजरायली प्रहरी प्रवेश गर्दै गरेको देखिएको छ ।

देशको राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको दाबी गर्दै इजरायली मन्त्रिपरिषद्को आइतबारको बैठकबाट अलजजिरा टीभी नेटवर्कमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो ।

अलजजिराले भने इजरायल सरकारको उक्त दाबीलाई झुटो भनेको छ । अलजजिराले इजरायली सरकारले चालेको कदमको कानुनी उपचार खोज्ने जनाएको छ ।

इजरायली सरकारको उक्त कदमको मानवअधिकारवादी तथा प्रेस समूहहरूले आलोचना गरेका छन् । अलजजिरामाथि लगाइएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालत जाने एसोसिएसन फर द सिभिल राइट्स इन इजरायलले जनाएको छ ।

फरेन प्रेस एसोसिएसनले इजरायली सरकारको उक्त कदम प्रेस स्वतन्त्रताका निम्ति खतरा भएको जनाएको छ । उसले निर्णय सच्याउन इजरायल सरकारलाई अपिल समेत गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro