site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्ल्यान्ड ‘सी’विरुद्ध खेल्दै नेपाली फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको ‘सी’ टिमसँग खेल्दै छ । इंग्ल्यान्डको एल्डरसट टाउनस्थित इबीबी रंगशालामा हुने यो खेल नेपाली समयानुसार सोमबार राति ८ः४५ बजेदेखि सुरू हुनेछ ।

यस मैत्रीपूर्ण खेलका लागि नेपाल भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा छ । नेपाली टिमको कप्तानी जिम्मेवारीमा गोलकिपर किरणकुमार लिम्बू छन् ।

नेपालले यसअघि इंग्ल्यान्डमै ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपालले ब्रिटिस आर्मीलाई गोलरहित बराबरीमा रोकेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिमले ३५ वर्षपछि युरोप भ्रमण गरेको हो । नेपाली टिमले यसअघि पछिल्लोपटक सन् १९८९ मा युरोप भ्रमण गरेको थियो । त्यसबेला नेपालले साफ च्याम्पियनसिपअघि तत्कालीन पश्चिम जर्मनीमा तयारी स्वरुप स्थानीय टिमसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro