site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले प्राविधिक र व्यावहारिक शिक्षालाई प्राथमिकता दिएकाे छ : मुख्यमन्त्री जम्कट्टेल
फाइल तस्बिर

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।  उनले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन सरकार तयारी अवस्थामा रहेको बताए ।

आइतबार वाग्मती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए । अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने उनले बताए ।   

संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ । “सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो,”  उनले भने, “उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।” 

बोर्ड अफ ट्रष्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताए । “प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित संख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ,” उनले भने ।  

प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्ने बताउँदै विशिष्टिकृत पाठ्यक्रम निर्माण तथा अध्यापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नुपर्नेमा उनको जोड थियो । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro