site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुन जरुरी : मन्त्री अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुन जरुरी रहेको बताएका छन् । ललितपुरमा आइतबार नेपाल घरजग्गा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानुनी अड्चन र मूल्यका बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न यसको कारोबार व्यवस्थित र व्यावसायिक हुनुपर्नेमा जोड दिए । व्यावसायिक मर्यादामा रही प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भए मात्र रियल स्टेट व्यवसाय सबल हुन सक्ने उनले उल्लेख गरे । घरजग्गा कारोबारलाई पारदर्शी बनाउनु चुनौती रहेको उनको भनाइ छ ।

मन्त्री अधिकारीले कानुनबमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौँको राजस्व गुमाउनुपरेको बताए । कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षण समेत कठिन भएको उनको बुझाइ छ ।

उनले नेपालमा घरजग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेकामा समेत जोड दिए । न्युज एजेन्सी नेपाली

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro