site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक अर्बको ‘वैदेशिक बचतपत्र’मा आजदेखि अनलाइनमार्फत यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका निम्ति पाँच वर्ष अवधिको एक अर्ब रुपैयाँबराबरको बचतपत्र आज (आइतबार)देखि निष्कासनमा ल्याएको छ । यस्ता बचतपत्र यसअघि नेपाल राष्ट्र बैंकले जारी गर्दै आएको थियो । अब उक्त कार्यालयले निष्कासन गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेकालाई कार्यालयले पहिलोपटक पाँचवर्षे ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासन गरेको हो । आउँदो जेठ २२ गतेसम्म यो बचतपत्र खुला गरिएको छ ।

यो बचतपत्रमा लगानी गर्न चाहने वैदेशिक रोजगारीमा रहेका नेपालीले १० हजारदेखि १० ले निःशेष भाग जाने गरी एक अर्ब रुपैयाँसम्मका निम्ति आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना नपुगेका र उनीहरूका बुवाआमा, श्रीमती, छोराछोरीले पनि आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

यस्तै, गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्ना परिवारका सदस्य बुवाआमा, श्रीमती, छोराछोरीका नाममा पनि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । आवश्यकताअनुसार बैंकहरूलाई बिक्री गर्न पनि सकिनेछ ।

यसरी आवेदन दिएपछि खरिद गरिएको बचतपत्रको प्रमाणपत्र ‘डीओएमएस’ प्रणालीको खरिदकर्ताको सम्बन्धित खातामा डिजिटल रूपमा उपलब्ध गराइने जनाइएको छ ।

यो बचतपत्र खरिदका लागि सहजीकरण गर्न १४ बिक्री एजेन्ट तोकिएको छ । दरबारमार्गस्थित सिटिजन्स बैंक इन्टरनेसनल, लाजिमपाटमा रहेको नबिल बैंक, माछापुच्छ्रे बैंक, अनामनगरस्थित प्रभु बैंकमा सम्पर्क गरेर आवेदन दिन र बुझ्न सकिनेछ ।

ऋणपत्रका विषयमा गैरीधारास्थित लक्ष्मी सनराइज बैंक, हात्तीसारको सानिमा बैंक, कमलादीस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर, पानीपोखरीको आइएमई लिमिटेड, बबरमहलस्थित एनएमबि बैंक, कमलादीको ग्लोबल आइएमई बैंक, धर्मपथस्थित नेपाल बैंक, पुल्चोकको ईसेवा मनी ट्रान्सफर र कमलादीस्थित नेपाल रेमिट इन्टरनेसनलबाट पनि बुझ्न र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन कार्यालयको डेम्स प्रणालीअन्तर्गत इन्भेस्टर पोर्टलमार्फत आवेदन पेस गर्न सकिनेछ । इन्भेस्टर डट डीओएमएस डट जीओभी डट एनपीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन राहदानी, कार्यरत मुलुकको भिसा, उक्त कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबातट विदेशी मुद्रा सटही गरेको भौचर, परिवाका अरू सदस्यले खरिद गर्ने भए वैदेशिक रोजगारमा संलग्न सदस्यको नागरिकताको प्रतिलिपि, नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । यी कागजपत्र इन्भेस्टर डट डीओएमएस डट जीओभी डट एनपीमा अनिवार्य अपलोड गर्नुपर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro