site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मियामीको जितमा स्वारेजको ह्याट्रिक

काठमाडौं । लुइस स्वारेजको ह्याट्रिकप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा एनवाई रेड बुल्सविरुद्ध ६–२ को सहज जित निकालेको छ ।

आइतबार बिहान भएको खेलमा मियामीलाई जित दिलाउन स्वारेजले ह्याट्रिक गर्दा माटियस रोजासले दुई र कप्तान लियोनल मेसीले एक गोल थपे । रेड बुल्सका डान्टे भाजैर एमिल फोर्सबर्गले गोल फर्काएका थिए ।

खेलमा अग्रता भने रेड बुल्सले बनाएको थियो । डान्टे भाजैरले ३०औँ मिनेटमा गोल गर्दै रेड बुल्सलाई अग्रता दिलाएका थिए । तर, ४८औँ मिनेटमा माटियस रोजासले गोल गर्दै मियामीलाई बराबरीमा फर्काएका थिए ।

५०औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रतामा राखे । ६२औँ मिनेटमा रोजासले दोस्रो गोल गरेपछि मियामीको अग्रता ३–१ मा पुग्यो । ६८औँ मिनेटमा स्वारेजको गोलमा मियामीले अग्रतालाई ४–१ मा पुर्‍यायो । ७५औँ र ८१औँ मिनेटमा गोल गर्दै स्वारेजले ह्याट्रिक गर्दा मियामीले ६–१ को अग्रता बनाएको थियो । इन्ज्युरी समयमा एमिल फोर्सबर्गले रेड बुल्सबाट गोल फर्काए पनि हार टार्न सकेनन् ।

जितसँगै १२ खेलबाट २४ अंक जोडेको मियामी एमएलएस इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा छ । ११ खेलबाट १७ अंकको रेड बुल्स तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro