site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजारको मनोबल कमजोर हुँदा घरजग्गा व्यवसायमा सुस्तता कायमै 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरबाट घरजग्गा कारोबारमा सुधार आउने व्यवसायीहरूको अपेक्षा थियो । तर, आर्थिक वर्ष सकिन करिब तीन महिनामात्र बाँकी रहँदा पनि घरजग्गा कारोबारमा उत्साह देखिएको छैन ।

भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा तीन लाख ८० हजार प्रोपटी खरिद/बिक्री भएको छ । जबकि, गत आव २०७९/०८० को चैतसम्ममा तीन लाख ६३ हजार प्रोपटी खरिद/बिक्री भएको थियो । यस तथ्यांकले पनि चालु आव र गत आवमा घरजग्गा कारोबारमा खासै सुधार भएको देखिँदैन ।

आव २०७७/०७८ मा ६ लाख १८ हजार र आव २०७८/०७९ मा सात लाख ४५ हजार प्रोपटी खरिद÷बिक्री भएका थिए । अर्थतन्त्रको सबै क्षेत्रमा देखिएको सुस्तताले घरजग्गा कारोबारमा अपेक्षित सुधार हुन नसकेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् ।

Dabur Nepal
NIC Asia

“अहिले बजारमा कन्फिडेन्स कमजोर देखिएको छ । आर्थिक सुस्तता सबै क्षेत्रमा देखिन्छ । त्यसको असर घरजग्गा कारोबारमा पनि पर्ने नै भयो,” लोहनीले भने, “त्यसले गर्दा गत आव र चालु आवको चैतसम्ममा घरजग्गा कारोबारमा खासै सुधार देखिएन ।”

likhit-parit-(1)-1714733941.png
 

यस्तै, कोरोना महामारी र सरकारले लिएको कसिलो नीतिका कारण रियलस्टेट क्षेत्रका व्यवासायी मारमा परेको लोहनीले बताए । घरजग्गाा कारोबारलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्न जुरुरी रहेको लोहनी बताउँछन् । 

सरकारले हदबन्दी छुट दिने, विदेशीलाई अपार्टमेन्ट बिक्री गर्ने, ल्याण्ड पुलिङ र ठूला आयोजनाहरूमा लाग्ने जस्ता विषयहरूको सम्बोधन गर्न कानुनी व्यवस्था गर्नुपर्र्नेे लोहनीको माग छ ।

यस्तै, राष्ट्र बैंकले कर्जामा एकल ब्याजदर कायम राखिराख्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने उनको धारणा छ । हाल ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत राखेको छ भने कर्जा आम्दानी अनुपात ५०/६० प्रतिशत राखेको छ । राष्ट्र बैंकले लिएको यो नीतिले पनि घरजग्गा कारोबारलाई चलायनमान बनाउन असहज देखिएको अध्यक्ष लोहनीले बताए । 

राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात दुई लाखभन्दा बढीको लागि ६० र कमका लागि ५० प्रतिशत राखेको छ । त्यसको खरिदकर्ताहरूमा घरजग्गा खरिदमा सहजता नभएको लोहनी बताउँछन् । त्यसको लागि राष्ट्र बैंकले मोनिटरी पोलिसीमार्फत् लोन टु भ्यालुलाई ७० प्रतिशत र कर्जा आम्दानी अनुपातलाई बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने उनी बताउँछन् । .

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले व्यवसायीहरूले कर्जाको साँवाब्याज कसरी तिर्ने भन्ने समस्या भोग्नु परिरहेको अवस्था रहेको बताए । साथै, निरास नभई धैर्यता राखेमा भविष्यमा सुधार हुने अपेक्षाका साथ आ–आफ्ना उद्योग व्यवसायहरुलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro