विदेश
काठमाडौं । ब्राजिलमा बाँध भत्किँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको एक हाइड्रोइलेक्ट्रिक बाँध भीषण बाढीका कारण भत्किँदा मानिसको मृत्यु भएको हो ।
अरु ६० जना मानिस रियो ग्रान्डे डो सुल स्टेटबाट पनि हराइरहेको जनाइएको छ । गएको शनिबारयता करिब १५ हजार मानिस विस्थापित भएको र पाँच लाख मानिसकोमा बिजुली र पिउनेपानीसमेत पुग्न नसकेको जनाइएको छ । भत्किएको बाँध ६ दशमलब ६ फिटको रहेको थियोे ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला घटनास्थलको अवलोकन गर्न पुगेका छन् । अलपत्र परेका मानिसको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्