site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो साता ३३ अंकले बढ्यो नेप्से, १४ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३३.०२ अंकले बढेर बन्द भएको छ । गत साता ६.२१ अंकले घटेको बजार यो साता बढेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता चार दिन कारोबार भएकोमा तीन दिन बढेको छ भने एक दिन घटेको छ । 

यो साता आजमात्र बजार घटेको हो । गएका तीन कारोबार दिन भने बजार बढेको थियो । आज नेप्से ७.३१ अंकले घटेको छ । बुधबार (हिजो) श्रम दिवसको अवसरमा बजार बन्द थियो । गत आइतबार बजार १४.३३, सोमबार ०.०७ अंक र मंगलबार २५.९३ अंकले बजार बढेको थियो ।

गत साता आइतबार र बुधबार बजार बढेको थियो भने सोमबार र बिहीबार भने बजार घटेको थियो । आइतबार १२.२९ अंकले बढेको बजार सोमबार १५.४१ अंकले घटेको थियो । मंगलबार भने बजार सरकारले दिएको विदाका कारण बन्द थियो । बुधबार भने बजार ०.१५ अंकले बढेको थियो । तर, गत सातको अन्तिम दिन बजार ३.२४ अंकले घटेको थियो ।

यो साता १४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत सता भने नौ अर्ब २२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यो साताको मंगलबार र बिहीबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । गत मंगलबारको तुलनामा आज साताको अन्तिम दिन भने कारोबार रकम घटेको छ । आज चार अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत मंगलबार भने चार अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ७८ कम्पनीको सेयर मूल्य बढेर कारोबार भयो भने १६१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । तीन लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएर बन्द भएको नेप्सेले जनाएको छ । यस दिन लघुवित्तबाहेक सबै समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक ३.४५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro