site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बोक्सीको घर’को सिक्वेल बनाउने घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदर्शनमा रहेको चलचित्र ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ । ६ दिनमा पाँच करोड ४५ लाख ग्रसकलेक्सन गरेको चलचित्रको सिक्वेल बन्न लागेको हो । 

बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको निर्माणपक्षले ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने जानकारी दिएको छ । कार्यक्रममा निर्माणपक्षले चाँडै दर्शकले सिक्वेल हेर्न पाउने जानकारी दिएको हो । निमात्री समेत रहेकी केकी अधिकारीले दुई दिनअघि नै हलमा चलिरहेको सिनेमामा ‘टु बि कन्टिन्यु’ वाक्यांश राखिएको जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट तयार भइसकेको जानकारी दिए । 

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘बोक्सीको घर’ बद्री अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।

Global Ime bank

चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलियालगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय