site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरुङले मुलुकको विकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै यसको विकल्प नभएको बताए । 

सापेक्षित रूपमा वर्तमान सरकार लामो समय टिक्ने उनको भनाइ छ । सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनले बताए ।

राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाई हितमा राख्दै सरकारले काम गरिरहेको दाबी गरेका गुरुङले राष्ट्रियता र जनताको मुद्दाण्हरूमा कम्युनिष्टहरू दृढ रहेको धारणा राखे । 

महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भए पनि बाह्य पुँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पुँजी भित्राउन प्रोत्साहित गरेको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro