अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा एकैदिन सुनको मूल्य दुई हजार ७०० रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य २० रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ६३० रुपैयाँमा करोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्