site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जीडीपीको झन्डै ३४ प्रतिशत आयात, ३६ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को करिब ३४ प्रतिशत आयात हुने अनुमान भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार जीडीपीको ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने तथ्यांक कार्यालयको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको कार्यालये जनाएको छ ।

३६.१५ प्रतिशत बचत

तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ३३.७९ र आर्थिक वर्ष २०७८/०७९ मा जीडीपीको २९.६३ प्रतिशत बचत भएको कार्यालयको तथ्यांक छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro