site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरतपुर र पोखरामा वायु प्रदूषण उच्च, काठमाडौंमा ‘अस्वस्थकर’
फाइल तस्बिर ।

काठमाडौं । चितवनको भरतपुर र कास्कीको पोखरामा वायु प्रदूषण मंगलबार पनि उच्च छ । वातावरण विभागको रेकर्डमा मंगलबार बिहान ११ः३० बजे पोखरा देशकै सबैभन्दा वायु प्रदूषित सहर देखिएको छ ।

यो अवधिमा पोखराको एयर क्वालिटी इन्डेक्स एक्यूआई १९२ पुगेको छ । भरतपुरको एक्यूआई १७९ र काठमाडौंको शंखपार्कको १६२ देखिएको छ ।

भरतपुरको सोमबार २४ घण्टाको औसत एक्यूआई २४९ थियो । सोही अवधिमा पोखराको एक्यूआई १५७ थियो । काठमाडौंको सोमबार २४ घण्टाको एक्यूआई १५७ थियो ।

विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रेकर्डमा भरतपुरको एक्यूआई १९८, पोखराको १६९ र काठमाडौंको १८९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro