site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनबारे रास्वपाको प्रतिक्रिया- मतदाताले घण्टी बजाइदिए 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको उपनिर्वाचनमा मतदाताले घण्टी बजाइदिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गरी मतदाताले घण्टी बजाइदिएर पार्टीलाई सचेत बनाइदिएको बताएका हुन् । 

“पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।” उनले अहिलेको मतका लागि इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

“नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।”

raswapa-1714457268.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro