site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविरामका लागि हमासलाई नयाँ प्रस्ताव, अमेरिकाले भन्यो– असाधारण उदार प्रस्ताव

रियाध । हमास र इजरायलबीच मध्यस्थताका लागि प्रयास तीब्र पारिएको छ । हमासलाई सोमबार इजिप्टको तर्फबाट उसले राखेका बन्धक फिर्ता गर्न र कम्तीमा एक वर्षको लागि युद्धविराम गर्नका लागि प्रस्ताव पठाइएको छ । हमासलाई सो प्रस्ताव स्वीकृत गराउनका लागि इजरायलले पनि गाजा क्षेत्रमा जारी राखिएको आक्रमण बन्द गर्नुपर्ने जनाइएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यसपछिका घटनाले गर्दा इजरायल र प्यालेस्टाइनको मामिला झन् पेचिलो बन्दै गएको छ । इजिप्टले राखेको प्रस्तावमा पहिलो चरणमा हमासले सक्दो चाँडो इजरायलबाट बन्धक बनाइएका ३३ जना मानिसलाई रिहा गर्नुपर्ने जनाइएको छ । पहिलो चरणमा त्यति र पूर्ण शान्तिका लागि अन्य सबै बन्धक, मृतकका शवलगायत पनि फिर्ता गर्न आग्रह गरिएको छ ।

हमासका नेताहरुका तर्फबाट २४ घण्टाभित्रमा सोसम्बन्धी जवाफ पाइने प्रस्तावक इजिप्टले अपेक्षा गरेको छ । सो प्रस्तावमा इजरायलको सहमति भए पनि पूर्ण रुपमा सन्तुष्ट भने नभएको जनाइएको छ । केही हप्ताको बीचमा प्यालेस्टाइन बन्दीको रिहाइको लागि हमासले २० देखि ३३ जनासम्म बन्धकलाई रिहा गर्नुपर्ने पछिल्लो प्रस्तावमा उल्लेख छ । कूटनीतिक स्रोतहरूका अनुसार स्थायी शान्तिको पुनस्र्थापनाको प्रस्ताव समेत राखिएको छ । लामो समयको डेडलकपछि अहिले दुवै पक्षबीच सहमतिको सम्भावना अघि बढेको हो ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हमासलाई युद्धविरामको लागि प्रस्ताव पठाइएको र त्यो इजरायलको तर्फबाट उठाइएको असाधारण उदार प्रस्ताव भएको जनाएका छन् । वल्र्ड इकोनोमिक फोरमको बैठकमा भाग लिन साउदी अरेबियाको रियाधमा रहेका उनले भने, “हमासले अब यसबारेमा चाँडै निर्णय गर्नुपर्छ । म आशावादी छु उनीहरूले सही निर्णय लिनेछन् ।”
सीएनएन

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro