कला
काठमाडौं । अभिनेता सीपी (चिदम्बरमप्रसाद) लोहनीको निधन भएको छ । लोहनीको ८६ वर्षको उमेरमा आज निधन भएको हो । न्यूरो हस्पिटल माइतीघरमा उपचारका क्रममा उनको निधन भएको हो ।
लोहनी निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता हुन् । उनी गायक पनि हुन् । “उहाँको पछिल्लो गीत पुनरागमन हो । उहाँका करिब एक दर्जन एल्बम रहेका छन्,” चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बाह्रखरीसँग भने ।
लोहनीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कारको काम भइरहेको अध्यक्ष निरौलाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १७:२०
प्रतिक्रिया दिनुहोस्