देश
काठमाडौं । काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ । खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी ब्यबसायी सुरेश केडियाको अपहरण प्रकरणमा दुई वर्ष जेल बसेर छुटेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ०६:४७
प्रतिक्रिया दिनुहोस्