site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम र बझाङ दुवैमा एमालेका उमेदवारको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ र बझाङ १ 'क' मा एमालेका उमदेवारको अग्रता छ ।

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफुकथुम गाउँपालिकाका सातवटै वडाको मतगणना सम्पन्न भएको छ । नतिजा अनुसार एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार फाकफोकथुम गाउँपालिकाबाट एमालेका सुहाङ नेम्वाङले चार हजार ४१३ मत प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा छन् । उनले तीन हजार २५८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९६३ मत प्राप्त गरे ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुले  मत प्राप्त गरेका छन् ।

Global Ime bank

यता बझाङमा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमालेका दमनबहादुर भण्डारीले चार हजार ४६४ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले चार हजार १०६ मत पाएका छन् । यी दुइबीच ३५८ मतको अन्तर छ ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले दुई हजार २२५ मत पाएका छन् । एकीकृत समाजवादीका उमेदवार दिलबहादुर सिंहले एक हजार४७१ मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय