site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला फुटबलर अमिषाले उत्तीर्ण गरिन् सहायक सेनानी परीक्षा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड अमिषा कार्कीले नेपाल आर्मीको सहायक सेनानी परीक्षा उत्तीर्ण गरेकी छन् ।

नेपाल आर्मीले मंसिर ६ गते निकालेको नतिजाअनुसार अमिषाले अधिकृत क्याडेट वरीयताक्रममा १५४औँ स्थानमा नाम निकालेकी हुन् । यसमा कुल १६६ जनाले परीक्षार्थीले उत्तीर्ण गरेका छन् ।

Dabur Nepal
NIC Asia

यसअघि, अमिषा करारमा त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी थिइन् ।

पछिल्लो समय अमिषा राष्ट्रिय टिमको नियमित सदस्य बनेकी छन् । गत महिना नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा अमिषाले गोल गरेकी थिइन् । उनको गोलका बाबजुद नेपाल फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro