site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ उपनिर्वाचनको नमुना मतपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ । शुक्रबार आयोगले वेबसाइटबाट मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उमेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उमेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरिएको छ ।

नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक काम गर्न आह्वान पनि गरेको छ ।

आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त ४१ पदमा उपनिर्वाचन हुँदै छ । चवालिस स्थानका लागि उपनिर्वाचन गर्न लागिएकामा दुई जिल्ला समन्वय प्रमुख र एक वडा अध्यक्ष पद निर्विरोध भइसकेको छ ।

स्थानीय तहअनुसार मतपत्रको नमुना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro