काठमाडौं । मोडल हन्ट 'फेस अफ नेपाल' यसवर्ष पनि आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत 'फेस अफ नेपाल, २०२४' को आवेदन खुला गरिएको जानकारी दिइएको हो ।
दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालमा सन् २०१६ देखि फ्रेन्चाइज लिएर आयोजना हुँदै आएको छ ।
यस वर्षदेखि प्रतियोगिताको आयोजक परिवर्तन भएको छ । अब एम.एस. प्रोडक्सन नेपालले यो प्रतियोगिता आयोजना गर्दै छ । आयोजक संस्थाकी नेसनल डिरेक्टर मेनुका माझीले सोमबारदेखि आवेदन खुला गरिएको जानकारी दिइन् ।
सातवटै प्रदेशमा हुने अडिसनमा पुरुष र महिला दुवै सहभागी हुन सक्नेछन् । उमेर १८ देखि ३० वर्षसम्म हुनुपर्ने जनाइएको छ । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाइ हुनुपर्नेछ ।