देश
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति आफ्नो नाममा गरेको अभियोगमा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र झन्डै २६ करोड जरिवानाको फैसला भएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले गरेको फैसलामा न्यौपानेको उमेरका कारण कैद कम निर्धारण भएको उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ १८:१८
प्रतिक्रिया दिनुहोस्