site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलामको सिटी हलमा लगाइयो तारजाली, आजै मतगणनाको तयारी (तस्बिरहरू)

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार दिउँसो करिब पौने ३ बजेसम्म ४० प्रतिशत बढी मतदात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान जारी रहँदा मतगणनाको तयारी पनि भइरहेको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । सिटी हलमै दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ ।

i1-1714209421.jpg
मतगणनाका निम्ति तारजाली लगाउने काम भइसकेको छ । आवश्यक अरू सामग्री ल्याउने कार्य भइरहेको छ । आवश्यक डेस्क, बेन्च, अरू कागजातलगायत सामग्री ल्याउने क्रम जारी छ ।

आजै राति १० बजेभित्र मतपेटिका जिल्ला ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी छ ।

थप तस्बिर हेर्नोस्–

i5-1714209475.jpg

i4-1714209473.jpg

i3-(2)-1714209473.jpg

i2-1714209473.jpg

i3-1714209473.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro