site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार प्रदर्शन गरिएको हो ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार सर्ट फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ । निर्देशक ज्ञवालीले काठमाडौंबाट विशेष प्रदर्शन थालिएको बताउँदै विदेशमा समेत ‘रित्तो गाउँ’को विशेष प्रदर्शन गरिने जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

डकुमेन्ट्री सर्ट फिल्मलाई दुई भागमा छुट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ । 

‘रित्तो गाउँमा’ कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement