site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यका निम्ति खानामा ६ स्वाद, यस्तो छ महत्त्व

काठमाडौं । सन्तुलित भोजन शारीरिक र मानसिक स्वास्थ्यको मुख्य आधार हो । आयुर्वेद चिकित्साले सन्तुलित भोजनका निम्ति ६ वटा रस वा स्वादयुक्त खनामा जोड दिएको छ । दैनिक गुलियो, नुनिलो, अमिलो, पिरो, तितो र टर्रो प्राकृतिक स्वादयुक्त खानाले सन्तुलित पोषण दिनुका साथै तौल नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । 

खानामा  ६ रसको सन्तुलनले रोगहरूबाट टाढा राख्ने तथा महिनावारीमा हुने दुखाइ समेत कम हुने आयुर्वेद चिकित्सक डा. जया सत्याल बताउँछिन् । खानामा मात्रै थोरै ध्यान पुर्‍याउने हो भने जटिल शारीरिक र मानसिक रूपमा स्वस्थ रहने उनको भनाइ छ । आयुर्वेद चिकित्सामा कस्तो खानाको के महत्त्व छ त ? 

गुलियो : गुलियो रसयुक्त खानाले बाथ पित्तलाई सन्तुलन गर्न भूमिका खेल्दछ । सही मात्रामा गुलियो खानेकुराको प्रयोगले शरीरलाई आनन्द र उर्जा समेत दिन्छ । फलफूल, अन्न तथा कन्दमूलको पर्याप्त सेवनले अन्य तरिकाले बनाइएका गुलियोयुक्त खानेकुराको आवश्यकता पर्दैन । 

नुनिलो : नुनिलो अर्थात् लवणयुक्त खाना उर्जाको मुख्य स्रोत हुन् । यस्ता खानाले रक्तचाप सन्तुलन गर्नुका साथै बाथ सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । स्वास्थ्यका निम्ति प्राकृतिक स्रोतयुक्त नुन (सिधेनुन, बिरेनुन), सी फुड, अलिभ लगायतका खाना खानु स्वस्थकर हुन्छ । अधिक नुनको प्रयोगले भने उच्च रक्तचाप र छालासम्बन्धी समस्या निम्त्याउनसक्छ ।

अमिलो : पर्याप्त एन्टीअक्न्सिडेन्टको स्रोत हुन् अमिलो खानेकुरा । यीनले रोग प्रतिरोधी क्षमता विकास गर्न र सेलहरूलाई सक्रिय राख्न मद्दत गर्दछन् । त्यतिमात्र नभइ अमिलो खानेकुराले पाचन प्रणालीमा पनि सहयोग गरिरहेका हुन्छन् । शरीरलाई अमिलोका निम्ति कागती, सुन्तला तथा बेरी प्रजातिका फलफूल र दही स्वस्थकर हुन्छन् । गुन्द्रुक सिन्कीजस्ता खानेकुरामा पनि नन् प्याथोजेनिक ब्याक्टेरिया पाइने हुँदा यी खानेकुरालाई भिटामिन बी को स्रोत मानिन्छ । 

पिरो : पिरो खानेकुराले कफ र पित्त सन्तुलनमा भूमिका खेल्दछन् । पिरो खानाले मस्तिष्कका नसाहरूलाई सक्रिय गराउँछ भने पाचन प्रक्रियामा समेत मद्दत गर्दछ । रगत जम्नबाट बचाउने, शरीरमा विषाक्त पदार्थहरू हटाउने कार्यमा समेत पिरो खानाको महत्त्वपूर्ण भूमिका रहन्छ । पिरोका निम्ति खुर्सानी, अदुवा, लसुन, तोरी, रायो लगायतका प्राकृतिक स्रोतहरूको प्रयोग गर्न सकिन्छ । 

तितो : तितो रसले रगतमा ग्लुकोजको मात्रा सन्तुलन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । अरुचीपना हटाउँछ भने कफ, बाथ, पित्त तीनवटै तत्वलाई सन्तुलन गर्दछ । रगत शुद्धीकरणका निम्ति तितो खानेकुराको महत्त्वपूर्ण भूमिका रहन्छ, शरीरका तन्तुहरूलाई समेत तितो रसले कसिलो बनाउँछ । करेला, बेसार, मेथी, तथा जडीबुटीयुक्त स्रोतबाट पाइने तितो रस स्वास्थ्यबर्दक हुन्छ । 

टर्रो : स्वास्थ्यका निम्ति अन्य स्वादहरू जस्तै महत्त्वपूर्ण भूमिका टर्रो रसको पनि हुन्छ । टर्रो खानेकुराले शरीरको तापक्रम नियन्त्रण गर्न तथा नसाजन्य रोगहरूबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी ‘न्युरो सिष्टम’लाई सन्तुलनमा राख्न टर्रो रसको भूमिका रहन्छ । गेडागुडी, काँचो फलफूल तथा तरकारी, अनार, हरियो केराउ, रामतोरिया तथा विभिन्न खाले सागमा पाइने टर्रो रसहरू स्वास्थ्यका निम्ति लाभदायक हुन्छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro