site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

महावै–९, सिमखेतदेखि पादमघाटसम्म २० मिटर बाटो निर्माण गर्दा डोजरले खनेको बाटो मानिसले खनेको र कडा चट्टान काटिएको विवरण पेस गरी बढी भुक्तानी लिएको भन्दै अख्तियारले दुई लाख ७६ हजार २७० रुपैयाँ बिगो दाबीसहित उनीहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही, निमित्त प्रशासकीय अधिकृत गणेशमान सिंह, महावै–९ का अध्यक्ष गौकला सिंह, इन्जिनियर रुद्रबहादुर वली र सबइन्जिनियर हरिप्रसाद पाण्डेय, उपभोक्ता समितिका अध्यक्ष अकलर सुनार, कोषध्यक्ष जर्मकला काफ्ले र सचिव दधि कामीलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro