site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३० लाख राष्ट्रिय परिचयपत्र छापिए, चार लाख मात्रै वितरण 

काठमाडौं । सरकारले ३० लाखभन्दा बढी राष्ट्रिय परिचयपत्र छापेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार चैत मसान्तसम्म ३० लाख १९ हजार ११४ कार्ड प्रिन्ट भएको हो ।

सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउने भनेर सरकारले राष्ट्रिय परिचयपत्र छाप्ने काम अघि बढाएको थियो । तर, हालसम्म परिचयपत्र बनाएर राख्ने र पासपोर्ट बनाउनबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन । 

कति कार्ड बाँडिए
विभागका अनुसार सरकारसँग छाप्नका लागि एक करोड २१ लाख १७ हजार कार्ड उपलब्ध भएको थियो । तीमध्ये ३० लाख १९ हजार ११४ कार्ड नागरिकको विवरणसहित छापिएको हो ।

छापिएकामध्ये २१ लाख ७३ हजार ५०३ राष्ट्रिय परिचयपत्र कार्ड वितरणका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा पठाइएको विभागले जनाएको छ । चैत मसान्तसम्म देशभर चार लाख २२ हजार ९२१ वटा परिचयपत्र कार्ड वितरण भइसकेको छ ।

डेढ करोडको विवरण संकलन
विभागका अनुसार परिचयपत्र बनाउन एक करोड ४३ लाख ८५ हजार नागरिकको विवरण संलकन भएको छ । विभागले ६६ जिल्लामा नागरिकको विवरण संकलन गर्ने अभियान सम्पन्न भइसकेको जनाएको छ । हाल सात जिल्लामा अभियान जारी छ । 

मुस्ताङमा कम जनसंख्या भएकाले स्थायी दर्ता केन्द्रबाट विवरण संकलन भइरहेको र डोल्पा, मुगु र हुम्लामा अभियान सञ्चालन हुन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro