site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति १७ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले बुधबार  पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

२०६३ कार्तिक १४ गते भोजपुर नगरपालिका–१० का ४४ वर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्रबहादुर तामाङको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । सो घटनाका आरोपी ६० वर्षीय तामाङलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । 

उक्त घटनाका अर्का आरोपित स्थानीय बालकुमार तामाङ भने हाल फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro