site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिहारमा सत्तारुढ नेताको गोली प्रहार गरी हत्या

बिहार । भारतको बिहारमा सत्तारुढ पार्टी जनता दल (युनाइटेड)का नेता सौरभ कुमारको गोली प्रहार गरी हत्या गरिएको छ । पीटीआइका अनुसार सौरभ कुमार बुधबार राति अबेर विवाहबाट घर फर्कंदै गर्दा पटना नजिक रहेको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

सब डिभिजन प्रहरी अधिकृत कन्हैया सिंहले समाचार एजेन्सी एएनआइलाई बताए अनुसार सौरभ कुमार आफ्ना एक साथीको साथ रिसेप्सन कार्यक्रममा गएका थिए ।  फर्किनेक्रममा राति सवा १२ बजे मोटरसाइकलमा आएका केही आक्रमणकारीले गोली प्रहार गरेका थिए । 

उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनीसँगै मुनमुन कुमार पनि घाइते भएका थिए । उनलाई स्थानीय कंकडबाग अस्पतालमा लगिएको जनाइएको छ ।

बिहारका कांग्रेस अध्यक्ष अखिलेशप्रसाद सिंहले कुनै पनि राजनीतिक कार्यकर्ताको हत्या निन्दनीय भएको जनाउँदै सरकारलाई तुरुन्तै यस घटनाको अनुसन्धान गरी दोषीलाई तत्काल कारबाही प्रक्रियामा ल्याउन माग गरेका छन् । बीबीसी  
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro