site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफको ‘केटाकेटी सुनौलो भविष्य जीवन बिमा’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ । बुधबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक कार्यक्रममा योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले उक्त बिमा योजनाको उद्घाटन गरेका हुन् ।

बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरी हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना कम्पनीले सार्वजनिक गरेको बताइएको छ ।

यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि बलियो आर्थिक सुरक्षा यस बिमा योजनाले प्रदान गर्ने बताइएको छ ।

Dabur Nepal
NIC Asia

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना बालबालिकासम्बन्धी सावधिक जीवन बिमा (मुनाफामा सरिक हुने) हो जसमा बिमित बालबालिकाको प्रवेश उमेर एक महिना (३० दिनपछि) देखि १७ वर्षसम्म रहने बताइएको छ ।

प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहने पनि बताइएको छ ।  न्यूनतम बिमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बिमा शुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बिमांक रकम २५ हजार तथा अधिकतम बिमांक रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिने पनि जानकारी दिइएको छ ।

यस योजनामा प्रस्तावकको बिमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बिमा प्रारम्भ भएको मितिले दुई वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बिमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोहीदेखि जोखिम प्रारम्भ हुनेछ ।

यस योजनाअन्तर्गत बिमालेख चालु रहेको अवस्थामा बिमांक भुक्तानी परिपक्वता सुविधाअन्तर्गत बिमा अवधि समाप्ति मितिसम्म बिमित प्रस्तावक तथा बिमित बालबालिका जिवित रहेमा सर्तहरूको अधिनमा रही बिमालेखमा उल्लेख भएको बिमांक  रकम र आर्जित बोनस बिमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।

बिमा अवधिभित्र जोखिम प्रारम्भ नहँुदै प्रस्तावकभन्दा अगाडि बिमित बालबालिकाकोे मृत्यु भएमा बिमालेखको सर्तहरुको अधिनमा रही बिमित बालबालिकाको  मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको  बिमा शुल्क (पूरक करार तथा अतिरिक्त बापतको बिमा शुल्कबाहेक) भुक्तानी गरिनेछ ।

बिमा जोखिम प्रारम्भपछि बिमा अवधिभित्र बिमत बालबालिकाको मृत्यु भएमा बिमांक रकमको २५ (पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बिमितले भुक्तानी गरेको बिमा शुल्क रकम (पूरक करार तथा अतिरिक्तबापतको बिमा शुल्कबाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बिमा लेख स्वतः अन्त्य हुनेछ ।

बिमा अवधिभित्र बिमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्युवापत बिमांक रकम र आर्जित बोनस तथा बिमित बालबालिकाको मृत्यु वापत बिमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम भुक्तानी गरिनेछ र बिमालेख स्वत: अन्त्य हुनेछ ।

बिमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमित बालबालिकाको समेत मृत्यु भएमा बिमांकको २५ (पच्चिस) प्रतिशत  तथा बिमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बिमितले भुक्तानी गरेको बिमा शुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बिमा शुल्कबाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बिमालेख स्वतः अन्त्य हुनेछ ।

यस योजनामा वार्षिक तीन किस्ता बिमा शुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्यको गणना नेपाल बिमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशत वा बिमांक रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रूपमा प्राप्त गर्न सकिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro