site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अधिक गर्मीले बालबालिकामा देखिनसक्छ यस्ता समस्या
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभरको तापक्रम बढिरहेको छ । तराई क्षेत्रका अधिकांश भू–भागको तापक्रम ४० डिग्री सेल्सियस आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ । शुक्रबारसम्म तातो हावा र तातो लहर चल्ने विभागको पूर्वानुमान छ । यसबाट देखिने सम्भावित असरबाट जोगिन पनि विभागले सजग गराएको छ । 

तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा छिटो तथा धेरै असर पुग्नसक्ने भएकाले उनीहरूलाई चर्को घाममा घरबाहिर नराख्न सुरक्षित हुन्छ । अत्यधिक गर्मीले उनीहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असरहरू देखिनसक्छन् । सेभ द चिल्ड्रेनका अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यदि, सामान्य असर देखिएमा यस्तो किन भइरहेको छ भन्नेबारे प्रष्ट बुझाइ भएमा नआत्तिन र नडाराउन प्रेरित गर्नुपर्छ । गर्मीमा बालबालिकालाई हलुका र फिक्का रंग भएको कपडा लगाइदिनुपर्छ । बालबलिकामा असर हुन नदिन बेलाबेलामा पिसाब गरे/नगरेको ख्याल गर्नुपर्छ । गाढा पहेँलो पिसाब भए पानी नपुगेको भन्न सकिन्छ, यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त पानी र झोल खानेकुरा खुवाउनुपर्छ । 

अधिक गर्मीको असरबाट जोगिन सबै उमेर समूहका व्यक्तिमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, अधिक टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिनसक्छन् । यस्ता लक्षण देखिए तत्काल बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ  । 

Global Ime bank

त्यतिबेला पर्याप्त पानी पिउने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस, काँक्राजस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ । चिया, कफी, सोडाजस्ता खानेकुरा गर्मीमा नखान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव  छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !