site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मतीमा सरकारी कार्यालयका साइनबाेर्ड र लेटरप्याड तामाङ र नेपाल भाषामा पनि लेख्नुपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । आज बसेको बैठकले वाग्मती प्रदेशका सरकारी कार्यालयका साइनबाेर्ड, लेटरप्याडमा नेपालीबाहेक तामाङ र नेपाल भाषामा लेख्नुपर्नेसहित १४ वटा निर्णय गरेको हो ।

बैठकले प्रदेश सभाकाे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको सरकार प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी वैशाख २४ गते प्रदेश सरकारी कामकाजकाे भाषा शुभारम्भ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंस्थित बसन्तपुरबाट प्रदेश सरकारी कामकाजकाे भाषाको शुभारम्भ गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी कामकाजकाे भाषा शुभारम्भ गरिने दिन वैशाख २४ गते सोमबार वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ ।

वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद्का निर्णयहरू

Global Ime bank

१. वाग्मती प्रदेश सभाकाे अधिवेशन अन्त्यकाे लागि सिफारीस गर्ने । (मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय)

२. जिल्ला अदालत मकवानपपुरलाई ५ लाख रकम अख्तियारी दिने नयाँ कार्यालय भवन उदघाटन गर्न भएकाे खर्चकाे लागि । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

३. स्थानीय तहमा हस्तान्तरण हुने  वित्तिय समानिकरण अनुदान रकम  स्विकृत सम्बन्धमा । आर्थिक मामिला तथा याेजना मन्त्रालय

४. वाग्मती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीकाे कार्यकक्षकाे स्तरीकरण सम्बन्धी मापदण्ड २०८० संसाेधनसहित स्वीकृत गर्ने । (भौतिक पूर्वाधार विकास मन्त्रालय)

५. वन क्षेत्रकाे भाेगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गा भाेगाधिकार मात्रै लिइ राख्न्ने । (भौतिक पूर्वाधार विकास मन्त्रालय)

६. लै‌गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धि नीति २०८१ काे स्वीकृत सम्बन्धमा । (सामाजिक विकास मन्त्रालय)

७. आव २०७८।७९ काे बाँकी भुक्तानी रकम निकासा स्वीकृत सम्बन्धमा (सामाजिक विकास मन्त्रालय)

८. वाग्मती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनैपनि किसिमकाे भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयाेग गर्नपर्ने सम्बन्धमा । वन तथा वातावरण मन्त्रालय

९. प्रदेश श्रम सल्लाहकार परिषद्काे गठन सम्बन्धमा । श्रम राेजगार तथा यातायात मन्त्रालय ।

१०. प्रदेश सरकारी कामकाजकाे भाषा शुभारम्भ गर्ने सम्बन्धमा । वैशाख २४ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा बसन्तपुरमा शुभारम्भ गरिने । (पर्यटन तथा सहकारी मन्त्रालय) ।

११. प्रदेश सरकारी कामकाजकाे भाषा शुभारम्भ भएकाे दिन वाग्मती प्रदेशभरी सार्वजनिक विदा दिने सम्बन्धमा ।  सरकारी कार्यालयका साइनबाेर्ड लेटरप्याडमा तीन भाषा नेपाली, तामाङ र नेपाल भाषामा लेख्ने (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

१२. सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गाेताखाेर तालिम सन्चालन सम्बन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

१३. विपद स्वयम सेवक समूह निर्माण तथा परिचालन । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

१४. प्रदेश उच्च शिक्षा नियमावली २०७९ काे पहिलाे संसाेधन सम्बन्धमा । (सामाजिक विकास मन्त्रालय)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय