site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अर्जुन लामा हत्या प्रकरण : अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा परेको छ ।

७ मंसिर २०६९ मा दर्ता भएको मुद्दाले २३ वैशाख २०७५ मा रुजु भएर औपचारिक प्रक्रियामा प्रवेश पाएको थियो । बुधबार संवैधानिक इजलासले सुनुवाइ गरी मुद्दालाई 'हेर्दाहेर्दै'मा राखेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस मुद्दामा अर्को वैशाख २३ गतेलाई तोकिएको छ ।

काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा अर्जुनकी श्रीमती पुर्णिमाया लामाले दायर गरेको रिट औपचारिक प्रवेश पाएको ६ वर्षसम्म पनि टुंगो लागेको छैन । अब भने मुद्दाको किनारा लाग्ने संकेत देखिएको छ ।

Global Ime bank

बुधबारको संवैधानिक इजलासमा सापकोटासँग जोडिएको मुद्दामा मात्र सुनुवाइ भ्याइएपछि बाँकी सबै मुद्दा स्थगित भएका छन् । संवैधानिक इजलासमा बुधबार सापकोटासँग सम्बन्धित तीन मुद्दाबाहेक १६ मुद्दा थिए ।

सापकोटा मन्त्री भएका बेला सापकोटाले कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा, पुर्णिमायाले नेपाल सरकारलाई विपक्षी बनाएर दायर गरेको रिट र सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको रिटलाई लगाउमा राखिएको छ ।

मन्त्री हुँदा नै लागेको मुद्दामा सापकोटा सभामुखसमेत भएर कार्यकाल पूरा गरेको दुई वर्षपछि मुद्दा टुंगिने संकेत देखिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय