देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । कार्यालय समयमा अस्पताल, क्लिनिक, मेडिकल तथा नर्सिङ होममा काम गरेको पाइएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो ।
आफूले निजी क्षेत्रमार्फत् सेवा दिएकोबारे विज्ञापन समेत गरेको पाइएकाले त्यसो नगर्न मन्त्रालयले सचेत गराएको छ । कानुन, नैतिकता र आचरणविपरीत यस्तो कार्य गरेको पाइएमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्