site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीविरुद्ध बेन ह्वाइट र काइ हाभार्ट्जप्रेरित आर्सनलको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेन ह्वाइट र काइ हाभार्ट्जप्रेरित आर्सनलले इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।

यस सिजन लिभरपुल र म्यानचेस्टर सिटीसँगै उपाधि दौडमा रहेको आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हाभार्ट्जले समान दुई गोल गरे । लेआन्द्रो ट्रोसार्डले एक गोल थपे । आर्सनलले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको चौथो मिनेटमै ट्रोसार्डले गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखे । ह्वाइटले ५२औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई २-० को बनाए । हाभार्ट्जले ५७औँ मिनेटमा तेस्रो गोल गरेका हुन् । उनले नै ६५औँ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीलाई ४-० ले अगाडि बढाएका हुन् । ७०औँ मिनेटमा ह्वाइटले पनि ब्यक्तिगत दोस्रो गोल गरेका थिए । 

जितसँगै ३४ खेलबाट ७७ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ । ३२ खेलमा ७३ अंक जोडेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । यस सिजन स्वभाविक लयका लागि संघर्षरत चेल्सी ३२ खेलबाट ४७ अंकसहित तालिकाको नवौं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय