site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतारलाई दिने दुई हात्ती ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’लाई कसरी लगिन्छ ?

काठमाडौं । नेपालले कतारलाई दुई वटा हात्ती उपहार स्वरुप उपलब्ध गराउँदै छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आज (मंगलबार)बाट सुरु हुने दुईदिने नेपाल भ्रमणका अवसर पारेर नेपालले उक्त घोषणा गर्नेछ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच द्विपक्षीय वार्ता भएपछि नेपालले दुई वटा हात्ती कतारलाई उपहारस्वरुप दिने घोषणा गर्नेछ । “कतारको दोहा चिडियाखानाले नेपालसँग पहिलेदेखि नै हात्ती मागेको थियो । हात्ती दिन केही महिनाअघि नै समझदारी भएको हो । नेपालले दिने हात्ती दोहा चिडियाखानामा राखिनेछ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले बाह्रखरीसँग भने । 

हात्ती खतराको सूचीमा भएको प्रजातिभित्र पर्छ । त्यसैले हात्ती उपहार दिने काम सहज छैन । यसको लामो प्रक्रिया पूरा गर्नुपर्छ । ‘साइटिस अथोरिटी’ले तोकेअनुसार गर्नुपर्छ । “दुई देशका ‘साइटिस अथोरिटी’ प्राप्त निकायबीच लिने र दिने सहमति भएपछि मात्र हात्ती सम्बन्धित देशमा पठाउन सकिन्छ,” ढुंगानाले भने । 

Dabur Nepal
NIC Asia

नेपालको यस्तो निकाय भनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । लोपोन्मुख जंगली जीवजन्तु र वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी (साइटिस) सरकारबीचको अन्तर्राष्ट्रिय सम्झौता हो । 

साइटिसको उदेश्य वन्यजन्तु बोटविरुवाहरूको नमुनाहरूको अन्तर्राष्ट्रिय व्यापारले प्रजातिको अस्तित्वलाई खतरामा नपार्ने कुरा सुनिश्चित गर्नु रहेको छ । “नेपाल र कतारका साइटिस अथोरिटीबीच सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । हालसम्म समझदारी मात्र भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएपछि पठाउने प्रक्रिया अघि बढ्छ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता ढुंगानाले जानकारी दिए । 

समझदारीपछि कतारलाई उपहार स्वरुप दिने हात्तीको पहिचान गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जले ती हात्ती उपलब्ध गराउने छ । अहिले ती दुई हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । “कतारलाई दिने पहिचान गरिएको दुई हात्ती– रुद्रकली र खगेन्द्रप्रसाद हुन् । रुद्रकली फिमेल र खगेन्द्रप्रसाद मेल हो,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बाह्रखरीसँग भने । 

बिरामी तथा रोगी हात्ती अन्य देशमा पठाउन पाइँदैन । यसैकारण कतारलाई दिने भनिएका दुवै हात्तीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । दुवै स्वस्थ छन् । “कतारको लागि हात्ती नयाँ प्रजाति हो । यसैकारण कतारको दोहा जुमा हात्ती बाँच्न सक्छ कि सक्दैन, त्यहाँको वातावरण कस्तो छ भन्ने अध्ययन गत मंसिरमा नेपालबाट गएको एक टोलीले गरेर फर्किसकेको छ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता ढुंगानाले भने । 

कतारलाई हात्ती दिने औपचारिक घोषणा बुधबार गरिने भनिए पनि ती हात्ती कतार पुग्नलाई भने केही समय लाग्नेछ । यो समय प्रक्रिया पूरा गर्न लाग्ने हो । दुई देशका साइटिस अधिकारीबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइने छ । दुवै हात्ती पाँच/पाँच वर्षका हुन् । 

“लामो लरीमा ठूलो कन्टेनरभित्र राखेर हात्तीलाई चितवनबाट काठमाडौं ल्याइन्छ । यो जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषको हो । कोषका प्राविधिक विज्ञले बताएअनुसार कत्रो कन्टेनर चाहिन्छ र कसरी लैजाने भन्ने अध्ययन गरिसकेका छन्,” प्रवक्ता ढुंगानाले भने । 

यस्ता कन्टेनर जनावर सहज तरिकाले बस्न र सास फेर्न मिल्ने खालको हुनुपर्छ । काठमाडौं ल्याएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई ठूलो विमानमा राखी कतार पठाउने हालको योजना छ । विमानभित्र रुद्रकली र खगेन्द्रप्रसादलाई छुट्टाछुट्टै कन्टेनरमा राखिनेछ । कतार पुगेपछि मात्र ती कन्टेनरबाट रुद्रकली र खगेन्द्रप्रसादलाई बाहिर निकालिने छ । कुनै कारणवश विमानमा लैजान नमिलेमा हात्तीलाई कन्टेनरमा राखी भारतको मुम्बई लगि त्यहाँबाट पानी जहाजमा राखेर कतार पुर्‍याइनेछ । “सबै प्रक्रिया पूरा गरेर दुई हात्ती कतार पुर्‍याउन छिटोमा एकदेखि दुई महिनाको अवधि लाग्नसक्छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro