site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
प्रदीपलाई भ्याइ नभ्याइ, हातमा आधा दर्जन सिनेमा, कहिले गर्छन् सुटिङ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष २०८० मा एउटा पनि सिनेमामा काम नगरेका अभिनेता प्रदीप खड्कालाई यो वर्ष (२०८१) भने भ्याइ नभ्याइ हुने भएको छ । गत वर्षको अन्तिमदेखि नै यो वर्षका लागि प्रदीपले काम गर्न थालिसकेका छन् । 

‘पुजार सार्की’बाट काम सुरु गरेका प्रदीपले यो बाहेक नै पाँचवटा चलचित्रमा काम गर्नेछन् । पाँचवटा सिनेमामा उनले साइन गरिसकेका छन् । प्रदीपले ‘पुजार सार्की’ भने छायांकन गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो वर्ष पुजार सार्कीबाहेक पाँचवटा सिनेमामा काम गर्दै छु । ऐरी, एक्टर, पिताम्बर, एक्लो र सुदर्शन थापा दाइको अनटाइटल मुभी साइन गरेको छु,” प्रदीपले बाह्रखरीसँग हास्दै भन्छन्, “अलि धेरै नै फुर्सदमा बसियो । अब बाक्लै काम गर्नुपर्यो ।”  

अब सेड्युलअनुसार साइन गरेका चलचित्रमा काम गर्दै जाने उनको भनाइ छ । “कुन–कुन निर्माण टिमले कुन समय छायांकनको सेड्युल निकाल्छन्, त्यही अनुसार काम गर्दै जाने हो,” उनी भन्छन्, “सकेसम्म यही वर्ष सकिन्छ भन्नेछ ।” 

Global Ime bank

‘प्रेम गीत–३’ पछि प्रदीपका कुनै पनि सिनेमा आएका छैनन् । भारतमा ‘प्रेम गीत–३’ रिलिज गर्दा त्यहाँको स्टुडियोसँग भएको सम्झौताका कारण प्रदीप केही समय ‘होल्ड’ भएका थिए । 

‘प्रेम गीत–३’ पछि रिलिज हुने प्रदीपको सिनेमा ‘पुजार सार्की’ हुनेछ । यो सिनेमा जेठ १० गते रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement