site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता शनिबारदेखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता शनिबारदेखि हुने जानकारी दिएको हो । 

प्रतियोगितामा नेपाल आर्मी, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरू काभ्रको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

Global Ime bank

प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिस्कृत गर्दै लैजाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा हुने भएको छ । 

पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइएको छ । महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिका–१२ मा रहेको खेल मैदान उपलब्ध वाग्मती प्रदेशले सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगको बताइएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement