site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मी एमएम कप क्रिकेटको फाइनलमा

विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा कोसी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समूह ए अन्तर्गतको अन्तिम लिग खेलमा आर्मीले वाग्मती प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।

लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । पहिलो खेलमा एपीएफलाई तीन विकेटले पराजित गरेको थियो । जितसँगै आमीले चार अंक जोडेको छ भने  एपीएफले दुई खेलमा एकमा जित र एकमा पराजित हुँदै दुई अंकका साथ दोस्रो स्थानमा र वाग्मतीले खेलेको दुवै खेलमा पराजित हुँदै अंकविहीन भयो ।

वर्षाका कारण २६ ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेको वाग्मतीले २४.३ ओभरमा सबै विकेट गुमाई ९६ रनको सामान्य योगफल खडा गरेको थियो । वाग्मतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतीक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर पाँच विकेट लिँदा दुर्गेश गुप्ताले दुई विकेट लिए ।

जवाफमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १७.३ ओभरमा पाँच विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । वाग्मतीका दयानन्द मण्डलले दुई विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले एक–एक विकेट दिए ।

मंगलबार समूह बी को पहिलो लिग खेल आयोजक कोसी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro