site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रारम्भिक बन्द प्रशिक्षणमा म्याट रोसले डाके ३० खेलाडी

काठमाडौं । हङकङविरुद्ध मैत्रीपूर्ण र एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत लाओसविरुद्धको खेलका निम्ति ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार (वैशाख १५) जुनमा हुने यी दुई खेलका निम्ति ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले जुन ५ मा हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । त्यसपछि नेपालले एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध जुन १० मा खेल्नेछ ।

Argakhachi Cement Island Ad

छनोटअन्तर्गत यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपाल, मलेसिया, लाओस र भियतनाम छन् ।

प्रारम्भिक बन्द प्रशिक्षणमा डाकिएका खेलाडी
अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन बिष्ट, एञ्जल श्रेष्ठ, एरिक बिष्ट, आयुश घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), किरण चेम्जोङ (गोलकिपर), कृतिशरत्न छुँजु, कुलदीप कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिस श्रेष्ठ, सन्तोष कार्की, श्रीजन राज, सन्दीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्