
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबारसम्म कुल ४६ खेल समाप्त हुँदा १६ हजारभन्दा धेरै रन बनेको छ । गएको मार्च १ देखि सुरु भएको १८औँ संस्करणले २७ दिनसम्मको नतिजा पाउँदा कुल १६ हजार १०३ रन बनेको हो ।
प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमा लखनऊ सुपर जायन्ट्स एक हजार ८६६ रनसहित सबैभन्दा धेरै रन बनाउने टोलीको शीर्ष स्थानमा छ । यस्तै, दोस्रो स्थानको मुम्बई इन्डियन्सले एक हजार ७४५ र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलुरूले एक हजार ७२५ रन बनाएका छन् ।
प्रतियोगितामा हालसम्म कुल दुई हजार १३८ बाउन्ड्री प्रहार भएका छन् । यसैगरी, ४६ खेल सकिँदा सबै टिमले ५४५ विकेट लिएका छन् । सबैभन्दा धेरै विकेट लिने टोलीमा मुम्बई इन्डियन्स सबैभन्दा अघि छ । मुम्बईले हालसम्म ७५ विकेट लिएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा रहेका बेंगलुरू र गुजरात टाइटन्सले क्रमशः ६३ र ५७ विकेट लिएका छन् ।
प्रतियोगिताको लिग चरण जारी रहँदा बेंगलुरू १० खेलमा १४ अंकसहित शीर्ष स्थानमा छ । बेंगलुरूलाई पछ्याइरहेको गुजरात आठ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।