site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नौ महिनामा एक अर्बभन्दा बढीको विद्युतीय चुरोट नेपाल भित्र्याइयो
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा करिब डेढ अर्ब रुपैयाँको विद्युतीय चुरोट (भेप) आयात गरिएको छ । भन्सार विभागका अनुसार, किलोग्रामका हिसाबले ल्याइने भेप नौ महिनामा एक लाख दुई हजार २४५ किलो आयात गरिएको हो ।

यसको आयात मूल्य एक अर्ब तीन करोड ३४ लाख तीन हजार रुपैयाँ छ । सोबापत सरकारले ६७ करोड चार लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, प्रतिगोटाका हिसाबले ल्याइने भेप र त्यससम्बन्धी सामग्री एक लाख २८ हजार ६६८ वटा आयात गरिएको छ । ५७ लाख ७८ हजार रुपैयाँ आयात मूल्य भएका यी विद्युतीय चुरोटबाट सरकारले ७९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसरी दुई शीर्षकमा करिब एक अर्ब चार करोड रुपैयाँबराबरका विद्युतीय चुरोट वा भेपजन्य सामगी आयात गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement